शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रिमियर लिगको नयाँ सिजन आजबाट सुरु, आर्सनल र ब्रेन्टफोर्ड भिड्दै


  • शुक्रबार, साउन २९ २०७८
10.6K
SHARES

इंलिस प्रिमियर लिग लोगो । तस्विरः फाइल

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आज राती आर्सनलले प्रिमियर डिभिजनको नवप्रवेशी टोली ब्रेन्टफोर्डसँग खेल्नेछ ।

दुई क्लबबिचको खेल नेपाली समय अनुसार आज राति १२ः४५ बजे सुरु हुनेछ ।

गत सिजन ८ औं स्थानमा लिगसमाप्त गरेको आर्सनल यस पटक युरोपियन प्रतियोगितामा सहभागिताबाट बञ्चित भएको छ ।

नयाँ सिजनमा शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुनु आर्सनलको लक्ष्य रहेको छ ।

पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्ड प्रिमियर लिग खेल्ने ५०औं क्लब हुनेछ र लण्डनको १०औं क्लब बन्नेछ ।

यस्तै प्रिमियर लिगमा शनिवार ७ खेल हुनेछ । जहाँ साविक उपविजेता म्यानचेष्टर युनाइटेडले लिड्ससँग खेल्नेछ भने लिभरपुलले नर्विचको भ्रमण गर्नेछ ।

यस्तै चेल्सीले क्रिस्टल प्यालेससँग र लेस्टरले वल्भससँग घरेलु मैदानमा खेल्नेछ । यस्तै बर्नली र ब्राइटन, एभरटन र साउथह्याम्पटन तथा वाटफोर्ड र एस्टल भिल्लाबीच पनि शनिबार खेल हुनेछ ।

साविक विजेता म्यानचेष्टर सिटीले पहिलो खेलमै आइतबार टोटनहम हट्सपरसँग खेल्नेछ । अर्को खेल न्युकासल र वेष्टहमबीच आइतबारै हुनेछ ।

उपाधि रक्षा गर्ने अभियानमा रहेको सिटीलाई चेल्सी, युनाइटेड र लिभरपुलले कडा चुनौती दिने अपेक्षा गरिएको छ । यस्तै आर्सनल र टोटनहम पनि ‘बिग सिस्क’ भित्र छन् । प्रिमियर लिगमा उपाधि जित्ने बाहेक शीर्ष चारमा पर्न पनि ठूलै प्रतिस्पर्धा हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा