शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कुलमानलाई असफल बनाउन प्राधिकरणभित्रै चलखेल सुरु, यी हुन् षड्यन्त्रकारी


  • शुक्रबार, साउन २९ २०७८
16.5K
SHARES

कुलमान घिसिङ । तस्विरः फाइल

काठमाडौँ – नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असफल बनाउन प्राधिकरणकै केही कर्मचारी हात धोएर लागेका छन् । दोस्रो पटक नियुक्ती पाएर काम सुरु गरेका कुलमानलाई प्राधिकरणकै केही कर्मचारी असफल बनाउन लागि परेका हुन् ।

आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौती स्विकार गरेर प्राधिकरणमा फर्किएको घोषणा गरेका कुलमानलाई असफल बनाउँन प्राधिकरण भित्रकै धमिराहरु सलबलाउँन थालका छन् । कुलमान घिसिङ प्राधिकरणबाट विदा भएपछि पटक पटक विजुली जाने समस्या देखा पर्न थालिसकेको थियो ।

कतिपय इन्भटर कम्पनीहरुले प्राभावमा परेर ति कर्मचारीहरुले बेलाबेलामा विजुली काट्ने गरेका थिए । विजुली जान थालेपछि इन्भटर व्यापारीहरुले सार्वजनिक मिडियामा विज्ञापन नै गर्न थालिसकेका थिए । कतिपयले इन्भर पनि जडान गरिसकेका थिए भने कतिले जडानको विचार गरिरहेका थिए ।

त्यतिनै बेला सरकारले कुलमान फेरी प्राधिकरणको प्रमुख बनाएर ल्याएपछि उनीहरुको साता गएको छ । त्यही कारणले गर्दा अहिले पनि कुलमानलाई असफल बनाउन बेलाबेलामा बत्ति गइरहन्छ ।

कतिसम्म भयो भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेको बेलामा विद्युत कटौती भएको थियो देउवालाई कहिल्यै बत्ती नजाने भनेर कुलमानले योजना सुनाउँदै गर्दा बालुवटारमै झ्याप्पै बत्ति गएको थियो । पछि घिसिङले रत्नपार्क वितरण केन्द्रका प्रमुखलाई झपारेका छन् ।

घिसिङ देउवालाई भेटन् बिहान बालुवाटार पुगेका थिए । त्यही समयमा संयोगले दुई पटक बत्ति गएपछि देउवाले व्यङ्ग्य गर्दै घिसिङलाई प्रश्न गरेको बालुवाटार स्रोतले बतायो । देउवासँग कुराकानी सक्किएपछि घिसिङले सोही ठाउँबाट फोन गरेर रत्नपार्क वितरण केन्द्रका प्रमुख प्रज्वलमान प्रधानलाई हप्काएका थिए ।

साथै, आजै घिसिङले विभागीय प्रमुखहरू तथा काठमाडौं उपत्यकाका वितरण केन्द्र प्रमुखहरूलाई बोलाएर बत्ति कटौतीको अवस्था आउन नदिन निर्देशन दिएका थिए । बैठकमा पनि उनले बालुवाटारको कुरा खुलासा गरेका थिए ।

कुलमान स्वयमंले आफ्नो जीवनकै सबैभन्दा चुनौतीको सामना गरेर प्राधिकरणमा फर्किएको बताएका छन् । यस अघि पनि उनलाई असफल बनाउँन पटक पटक प्रयास भएका थिए । कतिपयले यस पटक कुलमानलाई चरम असफल बनाएर अघिल्लो पटक पाएको ख्याती समाप्त पारिदिने भनेर मुर्मुरिएर बसको पनि बुझिएको छ । मोटिभेट न्युजबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा