शान्ति मिसनमा जान प्रहरीले लिएको आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएपछि सो परीक्षा रद्द गरिएको छ । साउन १५ र १६ मा चार सेटको प्रश्नपत्रको आधारमा केन्द्र र प्रदेशमा लिइएको परीक्षा रद्द गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए ।
प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्त लामा नेतृत्वको समितिले छानबिन गरेर सो परीक्षा रद्द गर्न सिफारिस गरेको थियो । समितिले बुधवार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ५ सय ५० पृष्ठको प्रतिवेदन बुझाएको थियो ।
समितिले ३ जना प्रहरीलाई सेवाबाट हटाउन सिफारिस गरेको थियो । सिफारिस अनुसार हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई निलम्बन गरिएको छ ।
प्रहरी नायव निरीक्षक (सई) जनकबहादुर थापालाई निलम्बन गर्न बाँकी छ । ‘प्रनानीलाई निलम्बन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई भएको हुनाले उपत्यका बाहिरबाट प्रहरी महानिरीक्षक फर्केपछि निर्णय गर्नुहुन्छ’ प्रहरी प्रवक्ता कुँवरले भने–‘समितिको सिफारिस अनुसार सबैलाई विभागीय कारबाही अघि बढ्छ ।
समितिले प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र वेद विष्ट तथा डिएसपीहरू सुगन्ध श्रेष्ठ र रुपेश खड्का सहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।