लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
४ गठबन्धनकाे समर्थमा केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । केसी नेपालकाे संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार मुख्यमन्त्री पदमा नियक्त भएका हुन् ।
गठबन्धनले आज बिहान ४२ सांसदकाे हस्ताक्षर सहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्री पदमा केसीलाई दाबी पेश गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री केसीलाई ४ बजे प्रदेश प्रमुखकाे कार्यालयमा सपथ ग्रहण गराउने कार्यक्रम रहेकाे प्रदेश प्रमुखकाे कार्यालयले जानकारी दिएकाे छ ।
आजै ५ सदस्य मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा गठबन्धन रहेकाे छ । कांग्रेसबाट डिल्ली चाैधरी र जसपाबाट सहशराम चाैधरी ,फुलमति ढेंगा र सुमन शर्मा रायमाझी मन्त्री बन्दैछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।