शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अफगानिस्तानबाट नेपालीको उद्धार नगरे संसद् चल्न नदिने एमालेको चेतावनी


  • बिहिबार, साउन २८ २०७८
12.8K
SHARES

फाइल तस्विर

नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्धार नगरे संसद् चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन् ।

तिनिधि सभा बैठकमा उनले भने– ‘सरकारले तुरुन्त अफगानिस्तानबाट त्यहाँ रहेका नेपालीलाई उद्धार गरेर ल्याउने काम गरोस् हैन भने यो सरकार नालायक छ भनेर संसदमा हामी भन्नेछौँ । त्यहाँका नेपालीलाई सरकारले फर्काएर नल्याएसम्म संसदमा हामी काम गर्न दिदैनौँ । उनीहरुलाई सुरक्षित रुपमा नेपाल अवतरण गराइयोस्, यही माग गर्दछु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा