सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने ? : सांसद गजेन्द्र


  • बिहिबार, साउन २८ २०७८
7.9K
SHARES

फाइल तस्विर

माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले बिद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै कटाक्ष गरे ।

उनले भने– ‘पुरानो सरकारले हनुमानमात्र देख्यो, नयाँ सरकारले कुलमान मात्र देख्यो । यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोजेको हैन । हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य अध्ययन प्रतिष्ठान धुजा धुजा पारिसक्यो । त्यहाँ ५ महिनादेखि हाजिर नभएका कर्मचारीहरुले तलब खाइरहेका छन् । यसको मतलब कुलमानले प्राधिकरणलाई फाइदा नै पुर्याइरहेका छन् । तर कुलमान बाहेक अरु मान्छे नै छैन् त ? कुलमान बुढो भएपछि सरकारले के गर्छ ? कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ त ? बिद्युत प्राधिकरण मात्रै छ ? कुलमान मात्रै छ ? नेपाल एयरलाइन्स छैन, अरु संस्थान डुबेका छैनन् ? खाली किन कुलमान मात्रै ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा