उद्योगी व्यवसायीले फेरि निषेधाज्ञा वा लकडाउन गरे सशक्त सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । साँझ ८ बजेपछि सार्वजनिक सवारीसाधन नचलाउन र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेपछि व्यवसायीले फेरि निषेधाज्ञाको संभावना बढेको अनुमान गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । उनीहरुको सरकारलाई प्रश्न छ– साँझ परेपछि मात्रै कारोना सर्ने हो ?
कोरोनाका कारण ३ वर्षदेखि डामाडोल व्यवसाय लयमा फर्कने आश गरेका व्यवासायी सरकारका पछिल्ला नियमबाट तर्सेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ भने साँझ ७ बजेसम्म मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न प्रहरीले माइकिङ गरिरहेको छ ।
कोरोनाका करण यातायात, होटल, पर्यटन, साना व्यवसाय र विद्यालयलगायत क्षेत्र उठ्नै नसक्ने गरी थला परेका छन् । व्यवसाय डामाडोल भएपछि धेरै व्यवसायी तनावमा छन् ।
कोरोना संक्रमण दर बढे पनि राजनीतिक भेला तथा सभा भइरहेकोप्रति आपत्ति जनाउँदै व्यवसायीले व्यवासाय चलाउँदा मात्रै कोरोना सर्ने हो ? भनी प्रश्न गरिरहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।