शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्डले भने–फिल्म क्षेत्रका समस्याबारे गम्भीर छु


  • बिहिबार, साउन २८ २०७८
9K
SHARES

फाइल तस्विर

फिल्मकर्मीको एक टोलीले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व सभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघका पुर्व अध्यक्ष, अभिनेताा तथा निर्माता नवल खड्काको नेतृतवमा गएको फिल्मकर्मीको टोलीले प्रचण्ड र महरालाई भेट्दै लकडाउनका कारण धराशायी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक फिल्मको प्रवद्र्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका थिए ।

अभिनेता खड्काले राष्ट्रियता संकटमा पर्ने जनाउँदै एमसीसी पास नगर्न नेताद्वयलाई आग्रह गरेका थिए ।

पूर्व प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले फिल्म क्षेत्रका समस्याबारे आफू गम्भीर भएको बताए । ‘फिल्म क्षेत्रका समस्याबारे गम्भीर छु । आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने ।

पूर्व सभामुख महराले फिल्म क्षेत्रलाई चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा