सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

ललितपुरमा देउवापक्षीय जिल्ला सभापतिहरूको भेला, २२ जना उपस्थित


  • बिहिबार, साउन २८ २०७८
8K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिहरूको बैठक ललितपुरको एक होटलमा जारी छ ।

बैठकमा सभापति शेरबहादुर देउवानिकटका २२ जिल्ला सभापति सहभागी छन् । संस्थापनइतर समूहका जिल्ला सभापतिहरूको भेलालगत्तै संस्थापन पक्ष पनि भेलामा जुटेका हुन् ।

तोकिएको मितिमा महाधिवेशन नहुनुका कारणबारे वास्तविकता पहिल्याउन भन्दै संस्थापन पक्षका जिल्ला सभापतिहरू छलफलमा जुटेका हुन् । उनीहरूले सभापति देउवालाई मात्रै दोष दिएर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहयोग गरेको आरोप लगाएका छन् ।

‘क्रियाशीलको विवाद टुंगिन नदिने, समायोजमा भइसकेको सहमति उल्टाउने र पार्टी सभापतिलाई काम गर्न नदिनेहरूले सभापतिविरुद्ध प्रोपोगाण्डा गरेकाले हामीपनि छलफलमा जुटेका हौ’, एक सभापतिले नेपाल प्रेससँग भने । भेलाको निष्कर्षबारे आजै सभापति देउवालाई औपचारिक जानकारी गराउने तयारी छ ।

केही जिल्ला सभापति भर्चुअल माध्यमबाट जोडिएको बताइएको छ । यसअघि संस्थापन इतर पक्षको जिल्ला सभापति भेलामा ५६ जना सहभागी भएको दावी गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा