शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौंको गुहेश्वरीमा घाँटी थिचेर श्रीमानले गरे श्रीमतीको हत्या


  • बिहिबार, साउन २८ २०७८
10.8K
SHARES

फाईल तस्बिर

काठमाडौंको गौशालास्थित गुहेश्वरी मन्दिर नजिकै श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरेका छन् । पत्नी हत्या गरेको आरोपमा प्रहरीले मकवानपुरको हेटौंडा घर भई गुहेश्वरी करिडोरमा बस्ने राम श्रेष्ठलाई पक्राउ गरेको छ ।

बिहिबार ३९ वर्षका श्रेष्ठले २३ वर्षीया पत्नी रन्जु तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

रन्जुको पेटमा ६ महिनाको बच्चा थियो । एक साताअघि झगडा हुँदा रन्जुले ‘अब मेरो श्रीमान मरे बराबर भयो’ भनेर चुरा र पोते फुकालेकी थिइन् बिहिबार बिहान सो विषयमा फेरि झगडा हुँदा ‘घाँटी थिचेर हत्या गरेको’ आरोपीले प्रहरीसँग बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा