शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मनसुन फेरि सक्रिय, सतर्कता अपनाउन आग्रह


  • बिहिबार, साउन २८ २०७८
9.3K
SHARES

मनसुन न्यून चापीय रेखा नेपाल नजिकै सरेकाले सोमबारसम्मै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार मनसुन न्यून चापीय रेखा बुधबार साँझदेखि नेपाल नजिक छ । त्यसैले हाल देशभर बादल लागेको छ र प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिकै सरेकाले मनसुन सक्रिय भएको छ,’ मौसमविद समिर श्रेष्ठले भने, ‘यसको प्रभाव आगामी आइतबार/सोमबारसम्मै रहने देखिन्छ ।’ उनले एकै ठाउँमा लगातार ठूलो पानी पर्ने नभइ फरक-फरक दिन र स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको बताए । यस्तो क्रम आगामी एक सातासम्मै रहने उनले बताए ।

मौसमविद श्रेष्ठले उदाहरण दिंदै भने, ‘आज राति बागमती प्रदेशका धेरैजसो ठाउँमा र भोलि बिहान सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन थप सक्रिय हुनेबारे यसअघि नै विशेष बुलेटिन निकालेर जानकारी गराएको थियो ।

महाशाखाले बिहीबार बिहान जारी गरेको तीन दिनको मौसमी पूर्वानुमान बुलेटिनमा लेखिएअनुसार आगामी चौबिस घण्टाको अवधिमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम समेत रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा