शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्ताव आजै निर्णयार्थ पेश हुने


  • बुधबार, साउन २७ २०७८
9.3K
SHARES

फाईल तस्बिर

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव आजै निर्णयार्थ पेश हुने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा आजै अविश्वास प्रस्तावमाथि मत विभाजन हुने र परिणाम घोषणा गर्ने उल्लेख छ ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजे बस्दै छ । सत्ता पक्षले बैठक बहिस्कार गर्ने चर्चा चलिरहेको बेला प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले विशेष अधिवेशनको कार्यसूचि प्रकाशित भइसकेकाले नरोकिने बताए ।

विपक्षी गठबन्धनका नेताले पनि सत्ता पक्षले बैठक बहिस्कार गरे पनि विशेष अधिवेशनको बैठक नरोकिने बताएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले विशेष अधिवेशन संविधानसम्मत भएको भन्दै प्रक्रिया रोकिने प्रश्नै नरहेको बताए । ‘सत्ता पक्ष अविश्वास प्रस्तावबाट डराएर विशेष अधिवेशन रोक्न अदालत जानु नै गैरकानूनी हो,’ खान भन्छन्, ‘विशेष अधिवेशन बस्छ र आजै प्रदेशले नयाँ मुख्यमन्त्री पाउँछ ।’

आज बिहान बसेको एमाले संसदीय दलको बैठकले विशेष अधिवेशन आह्वान संविधानविपरीत रहेको भन्दै भाग नलिने संकेत गरेको थियो । यद्यपि यसबारे निर्णय गर्ने अधिकार दलका नेता एवम् मुख्यमन्त्री पोखरेललाई दिइएको थियो ।

विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कूलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्री प्रस्ताव गर्दै साउन १९ गते प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव दर्ता गरेका थिए । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा