शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओली संसदमा कड्किए पछि, बाबुरामको प्रतिक्रिया: जो चोर उसैको ठुलो स्वर 


  • बुधबार, साउन २७ २०७८
10.9K
SHARES

फाईल तस्बिर

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवारको प्रतिनिधिसभा बैठकमा सत्ता गठबन्धनलाई लक्षित गरी कडा आलोचना गरेपछि जनता समाजवादी पार्टी  नेपालका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् ।

ओलीको भाषणलाई लक्षित गर्दै बाबुरामले  सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको,’ भन्दै लेखेका छन्, ‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना उल्टै जो चोर उसको ठुलो स्वर’।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा