सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

गणेशमानले त्यागे भन्दैमा, प्रकाशमानले पनि त्याग्नुपर्छ भन्ने छैन


  • बुधबार, साउन २७ २०७८
12.6K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले त्यागको जिम्मेवारी सबै आफूहरुको नरहेको बताएका छन् । संस्थापनइतर जिल्ला सभापतिहरूको बैठकलाई सम्बोधन गर्दै नेता सिंहले इतिहासमा गणेशमान सिंहले त्यागेको भन्दैमा अहिलेपनि प्रकाशमानले त्याग्नुपर्छ भन्ने नरहेको बताए ।

‘पहिले गणेशमान सिंहले त्याग्नुभयो अहिले प्रकाशमानले त्याग्नुपर्ने ? यो त भएन नि । मलाई पनि देशभरका साथीले अगाडि बढ्नु भनेका छन्’ सिंहले भने ।

उनले पार्टी नेतृत्वका लागि आफूले दावी गर्नु स्वभाविक रहेको भन्दै जिल्ला सभापतिहरुले पनि बोल्नुपर्ने बताए ।

उनले विधान र संविधान बमोजिम महाधिवेशन नगर्नु भनेको डेट एक्सपायर भइसकेको औषधीले बिरामी निको पार्न खोजे झै भएको बताए । जिल्ला सभापतिहरूको सुझाव अनुसार क्रियाशील सदस्यता विवाद टुंग्याउन र विधिसम्मत महाधिवेशन गर्न निर्णायक पहल गर्नुपर्ने सिंहको भनाइ थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा