शनिबार, साउन ९ २०८३
ताजा अपडेट

महाधिवेशन सार्नेबारे देउवा आफूनिकट नेताहरूसँग छलफलमा


  • बुधबार, साउन २७ २०७८
11K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन सार्नेबारे आफूनिकट नेताहरूसँग छलफल थालेका छन् ।

बूढानीलकण्ठमा शुरू भएको छलफलमा देउवानिकट पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन् । बैठकमा देउवाले भदौ १६ मा महाधिवेशन उद्घाटन हुने अवस्था नरहेकाले विकल्पबारे सुझाव दिन आग्रह गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २३ भित्रै महाधिवेशन गर्नुपर्ने माग राखेको बेला देउवाले आफ्नो समूहको रणनीति बनाउन छलफल थालेका हुन् ।

आजै क्रियाशील सदस्यता विवाद टुंगो लगाउन जिम्मेवारी पाएका शीर्ष नेताहरूको बैठक पनि बस्दैछ । कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्नेछ । बैठकबाट महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने संस्थापन पक्षको तयारी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा