केपी शर्मा ओलीले महाकाली नदीमा तुइन विस्थापित गर्दै आफ्नो नेतृत्वको सरकारले पुल हाल्ने काम गर्दै आएको स्मरण गराएका छन् । दार्चुला घटनाबारे टिप्पणी गर्दै उनले सत्ता पक्षबाट ‘ओलीले तुइन विस्थापित गर्छु’ भनेर पनि नगरेका कारण यस्तो घटना हुन पुगेको भन्ने खालका प्रतिक्रिया आएको जनाए ।
आफू सरकारमा आउनु अघि महाकाली नदीमा पुल बनाउन भारतले सहमति नदिने गरेको पनि उनले उल्लेख गरे । ‘मैले कुरा गरेर सहमति लिएपछि तुइनहरू विस्थापित भएका छन्, पुलह रु बनेका छन्,’ उनले भने, ‘त्यो त सम्माननीय प्रधानमन्त्रीजीलाई थाहा छ, उहाँको घरबाट पारीपट्टी पिथौरागढ जानु पर्यो भने अघिल्लो सरकारले हालिदिएको पुल तरेर जानुपर्छ ।
उनले अघिल्लो सरकारले गरेका कतिपय कामलाई नचाहेर पनि अहिलेको सरकारले निरन्तरता दिन बाध्य हुने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।