प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो बैठकमा माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको संसदबाटै जवाफ दिएका छन् ।
मंगलबार संसदलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले ‘माओवादी आगो हो’ भनेर प्रचण्डले दिएको अभिव्यक्तिको स्मरण गरे । उनले अघि भने, ‘उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झन्छु । उहाँ आगो हो थाहा छ । डढेलो लगाउनु हुन्छ ।
सरकार बन्दा नबन्दै प्रतिपक्षीलाई धम्की दिइएको भन्दै उनले अघि भने, ‘तर एक-दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस् ।’ एमाले अध्यक्ष ओलीले यस्तो डढेलो निभाउन आफूहरुलाई आउने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।