शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा


  • मंगलबार, साउन २६ २०७८
13.9K
SHARES

फाइल तस्विर

कार्यभार सम्हालेको ३ महिना नपुग्दै मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठको गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरूवा भएको हो ।

गत जेठ ३ गते समितिमा कार्यकारी प्रमुखका रुपमा आएका श्रेष्ठको अढाई महिनामै सरुवा भएको हो । मन्त्रालय स्रोतकाअनुसार असार १ गते आएको बाढीपछि समस्याग्रस्त भएको आयोजनालाई पुनर्स्थापनाको कार्यायोजना तयार गर्दैगर्दा श्रेष्ठको सरुवा भएको हो । स्रोतका अनुसार सरकारले सरूवाकाे प्रस्ताव गरेपछि श्रेष्ठले आफ्नो असहमति नहुने बताएका थिए ।

मन्त्रालयले आयोजनामा नयाँ प्रमुख पठाउन छलफल थालेको छ । अहिलेसम्म खानेपानी मन्त्रीको जिम्मा प्रधानमन्त्री स्वयमले लिएकाले सचिव प्रमिलादेवी बज्राचार्यले प्रधनमन्त्रीसँग नै मंगलबार छलफल गर्दैछिन् ।

मन्त्रालयका एक अधिकारी अब आयोजनाबारे राम्रो जानकारी राख्ने सहसचिवलाई कार्यकारी प्रमुखका रुपमा खटाउनुपर्ने बताउँछन् । ‘आयोजना अब रुग्ण बन्यो, यसलाई पुनर्स्थापित गर्न यो आयोजनाबारे राम्रो जानकारी राख्ने वा पहिले कार्यकारी निर्देशकका रुपमा काम गरिसकेकालाई नै जिम्मा दिनु उपयुक्त हुन्छ,’ ती अधिकारीले भने,’मन्त्रालय मातहत रहेका १८ जना सहससचिव मध्येबाट सकेसम्म अनुभवी पात्र छानेमा मात्रै आयोजना तुहिन पाउँदैन ।’

यसअघिका कार्यकारी निर्देशक श्रेष्ठ भने आयोजनाका लागि नयाँ थिए । सकिन लागेको आयोजना भएकाले वरिष्ठ सहसचिवहरुले रुची नगरेपछि श्रेष्ठलाई नै मेलम्चीमा पठाइएको थियो ।  ‘आयोजनामा कनिष्ठ सहसचिव पठाउँदा पुनर्निर्माण काम अघि बढाउन फेरि सकस पर्छ,’ ती अधिकारी भन्छन्,’आयोजनाबारे बुझेका व्यक्ति भए भने काठमाडौंमा पानी ल्याउने वातावरण छिटो बन्नसक्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा