शनिबार, साउन ३० २०८३
ताजा अपडेट

दार्चुला घटनाबारे यथार्थ जानकारी दिन सभामुखको रुलिङ


  • मंगलबार, साउन २६ २०७८
11.9K
SHARES

फाइल तस्विर

सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी यथाशक्य छिटो दिन सरकारलाई रुलिङ गरेका छन् ।

दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन् ।

उनले यो घटनामा आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

गत साउन १५ गते नेपालबाट भारत जाने क्रममा धामी तुइनबाट खसेर महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन चुडाइदिएकाले धामी नदीमा बेपत्ता भएको बताएका छन् । भारतीय पक्षले भने यो घटना एसएसबीको संलग्नता नभएको दाबी गर्दै आएको छ ।

यथार्थ पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिका सदस्यहरु घटनास्थलको अनुगमन गरी फर्किएका छन् । सो समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयले भनेको छ । यो घटनाको संसदमा चर्को आवाज उठ्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा