सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

खिमलाललाई रमेशजंगको काउण्टर : ओली भ्रष्टाचारीको राजनेता हुन


  • मंगलबार, साउन २६ २०७८
6.8K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भ्रष्टाचारीको राजनेता’ भएको अरोप लगाएका छन् ।

मंगलबार राष्ट्रियसभाको विशेष समयमा बोल्ने क्रममा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिएपछि त्यसको प्रतिवाद गर्दै कांग्रेस सांसद रायमाझीले ‘भ्रष्टाचारी राजनेता’ भन्न आग्रह गरे । उनले भने, ‘अर्बौंको भ्रष्टाचारमा संलग्न भएको व्यक्ति राजनेता ? भ्रष्टाचारी राजनेता भन्नुहोस् । भ्रष्टाचारको नाइके भन्नुहोस् । राजनेता हुने चरित्र हुनुपर्‍यो ।’

म्यान्डेड समेत नभएकाले सरकारमा जान कांग्रेसले पटक-पटक अस्वीकार गरे पनि ओलीकै कारण अहिले गठबन्धनको सरकार बन्ने स्थिति आएको उनको दावी छ । रायमाझीको भनाइ छ, ‘हाम्रा पार्टीका सभापतिले पटक-पटक भन्नु भएको थियो-सरकारमा जाने मेरो चाहाना होइन, म्यान्डेट पनि होइन । तर, संसदको बहुमतले अर्कैलाई नेता मान्न तयार भएपछि के गर्ने ?’

उनले थपे, ‘संसद विघटन गरेर, संसदलाई विघटन गर्ने भ्रष्टाचारीका महानायक केपी शर्मा ओलीले त्यो कदम चालेपछि सांसदहरु बाध्य हुनुभयो, आफैंले हस्ताक्षर गरेर दिएका माननीयहरूले भन्नुपर्‍यो-तपाईं सत्ताबाट अलग्गिनुपर्छ । त्यो स्थिति कसले ल्यायो ? हामीले ल्याएका हौं ? सरकारलाई हामीले दुई वर्षसम्म यो सदनमा कुनै अब्जेक्सनबिना सर्मथन गर्‍यौं । हामीले नीति तथा कार्यक्रममा समेत सर्मथन जनायौं ।’

ओली सरकार भ्रष्टाचार चुर्लुम्म डुबेको रायमाझीको दावी छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा