सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिँदै उनी पुनः सत्तामा फर्किने दावी गरेका छन् ।
देशले एउटा राजनेता जन्माएको छ र त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन,’ मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा सम्बोधन गर्दै भट्टराईंले भने, ‘फेरि पनि राजनेता फर्केर आउँछ ।’
कुनै पनि नेता राजनेता हुनलाई मुलुकको सडक, सदन र सरकार ऊबाट गाइडेड हुनुपर्ने र उसका विचारले प्रभावित हुनुपर्ने बताएका भट्टराईले ओलीको पनि सबैतिर प्रभाव फैलिएको दावी गरे ।
केपी ओली बालुवाटार छाडेर बालकोट जानुभएको छ तर पनि राजनीति उहाँकै वरिपरि घुमेको जस्तो हामी देख्छौं,’ उनले भने, ‘सदनमा आउँदा उहाँकै चर्चा हुन्छ । आज सरकार बनिराखेको छैन । मलाई के लाग्छ भने यो सरकार नबन्नुमा केपी ओलीकै फोबिया छ ।’
सडकमा केपी ओली एउटा आशलाग्दो नेता, एउटा आशलाग्दो सरकार थियो र जसलाई घेरबन्दीबाट हटाइयो भन्ने चर्चा हुने गरेको उनले दावी गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।