शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमाले फुट्ने निश्चित, देशभर ‘समानान्तर’ सङ्गठन विस्तार गर्न नेपालको निर्देशन


  • मंगलबार, साउन २६ २०७८
6.2K
SHARES

फाइल तस्विर

नेकपा एमालेमा एकताका लागि वार्ता प्रक्रिया जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षले एक पक्षीय ढङ्गले विधान संशोधन लगायतका पार्टी गतिविधि नरोकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि देशैभर समानान्तर गतिविधि सञ्चालन गर्ने भएको छ । सोमबार बसेको अध्यक्ष ओली पक्षको केन्द्रीय समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै आगामी भदौ २७ र २८ मा विधान महाधिवेशन गर्ने प्रक्रिया सुरु गरेको थियो ।

ओली पक्षले पार्टीको सङ्गठनात्मक संरचनामा समेत उथलपुथल आउने गरी विधान संशोधनको मस्यौदालाई एकतर्फी रूपमा अगाडि बढाएपछि वरिष्ठ नेता माधव नेपाल थप आक्रोशित बन्दै आफ्नो पक्षका नेता कार्यकर्ताहरूलाई देशभर स्थानीय तहदेखि केन्द्रसम्म भेला, प्रशिक्षण सञ्चालन गर्नुका साथै समानान्तर पार्टी कमिटीहरू निर्माण र विस्तार गर्न निर्देशन दिएका छन् । सोमबार ओली पक्ष एकतर्फी ढङ्गले अघि बढ्ने निर्णय गरेपछि नेता नेपालले आफू पक्षीय केही स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँगको छलफलमा निर्देशन दिएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा