शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आक्रामक भाषण शैलीले टिकेको गगन थापाको राजनीति

१४ वर्ष देखि निरन्तर सांसद: भाषण मिठा, काम कम


  • मंगलबार, साउन २६ २०७८
14.5K
SHARES

काँग्रेस नेता गगन थापा

काँग्रेस नेता गगन थापालाई नचिन्ने कमै होलान् तर उनको कामले भन्दा धेरै भाषण शैलीले मान्छेले चिन्ने गर्छन्  । थापा  चर्का र आक्रामक भाषण शैलीले जनतामा परिचित छन् ।

भाषण खुब मजाले गर्न जानेका सांसद थापा १४ वर्षदेखि निरन्तर सांसद छन् । धेरैलाई थाहा नहुन सक्छ, उनी १४ वर्षदेखि सांसद भवन भित्रै छन् । जनताको काम गर्ने ठाउँमै छन् तर उनको काम भाषणमा मात्र सीमित रहेको बुझिन्छ ।

२०६४ सालको संविधानसभामा समानुपातिक सांसद बाट सांसद भवनमा ईन्ट्री मारेका उनी २०७० सालको संविधानसभामा र २०७४ को प्रतिनिधिसभामा काठमाडौँ–४ बाट निर्वाचित भएका हुन । यो बिचमा मन्त्री पनि भरसके तर काम भनेजस्तो देख्न पाइँदैन ।

उनी सारै राम्रा भाषण गर्छन्, जनताको पक्षमा भाषणमा आक्रामक देखिन्छन् तर काम भने कम देखिन्छ । पार्टीले गलत बाटो लिँदै छ भने पनि नेतृत्वको विरोधमा सबैभन्दा पहिले अभिव्यक्ति राख्न सक्छन् तर उनले निर्वाचन क्षेत्रका जनता लाई उनको भाषण अनुसारको काम भने पटक्कै नदेखाएको स्थानिय सर्वसाधारण गुनासो गर्छन् ।

प्राय नेपालीले गगनको भाषण सुनेरै उनको पक्षमा वकालत गर्छन् तर उनले उनलाई भोट दिएर जिताउने निर्वाचन क्षत्रका जनताले भाषण अनुसारको काम गरेको नगरेको भन्ने तिर कसैको ध्यान गएको देखिदैन।

एन उनको क्षत्रका स्थानीय भन्छन् , गगन थापालाई मैले पनि भोट दिएको हुँ राम्रै लाग्छ उनका भाषण अहिले पनि मन पर्छ तर उनी निर्वाचनताका घरदैलो कार्यक्रम र जितेपछि एउटा र्‍यालीमा बाहेक यो टोलमा टेकेका छैनन् । उनको नाक मुख हाम्रो टोलमा देखिएको छैन । त्यसैले उनी भविष्यमा पार्टी सभापति प्रधानमन्त्री पनि होलान् तर यो १४ वर्ष सांसद भएको नेता निर्वाचन क्षेत्रमा देख्न पाइँदैन भने उनबाट पनि खासै केही आस गर्न सकिँदैन ।

एक स्थानीय भन्छन् १४ वर्षदेखि निरन्तर सांसद भएपछि जनताले अनुभूत गर्न सक्ने काम हुनुपर्ने हो भाषण सुनिए अनुसार निर्बाचन क्षेत्रमा युवाको बाहुल्य हुनु पर्ने हो तर त्यस्तो पटक्कै निर्वाचन क्षेत्रमा अनुभूत गर्न सकिँदैन । युवालाई प्राथमिकतामा राख्छु भन्ने नेताले युवालाई सङ्गठनमै ठाउँ दिनु पर्ने हो तर कहीँ पनि युवाहरू उनको पार्टीको सङ्गठनमा समेटिएका छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा