शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओलीले भने- भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने सबै चिजहरू


  • मंगलबार, साउन २६ २०७८
6.3K
SHARES

फाइल तस्विर

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा अ‍ोलीले अहिलेको सरकारले सबै भत्काउने काम मात्रै गरेको आरोप लगाएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धन सरकार एक महिनासम्म विस्तार हुन नसकेकोमा पनि कटाक्ष गरे।

‘उहाँहरूले जनताका लागि केही नयाँ गर्ने होइन, के भत्काउने भनेर काम सुरु भएको छ,’ ओलीले भने, ‘जनताले गीत लेखिसके-भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ सुरुङका प्वाँल, बन्द गर ओली याद आउने सबै चिजहरु।’

उनले गठबन्धन सरकारले ल्याएको साझा नीति कार्यक्रमको मूल प्रस्तावनाबाट आफूहरुमाथि गाली र आक्रमण सुरु भएको समेत बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा