शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सत्ता बाहिर भएपछि ओलीको बोली फेरियो, एमसीसी संशोधन गरेर मात्रै पारित गर्नुपर्छ


  • मंगलबार, साउन २६ २०७८
9.6K
SHARES

फाइल तस्विर

सत्तामा हुँदासम्म कुनै पनि हालतमा एमसीसी पारित हुनुपर्ने बताउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली यूटर्न भएका छन् । सत्ताबाट बाहिरिएसँगै उनले एमसीसी संशोधन गरेर मात्रै पारित हुनुपर्ने बताएका छन् ।

पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले एमसीसी संशोधनसहित पास हुनुपर्ने बताएका हुन् । उनले बरु सत्तारुढ दल नै एमसीसीबारे बोल्न नसकेको समेत बैठकमा बताए ।

सत्तारुढ दल एमसीसीको बारेमा किन बोल्न नसकेको ? तपाईंहरुकै पालामा सम्झौता गरेको होइन ? १ सय ६५ को कीर्तिमान मतले विश्वासको मत लिएकै छ त पास गर्दा भइहाल्यो किन हामीलाई दोष ?’, उनले भने, ‘हामी त स्पष्ट छौँ । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरूले दिएको सुझावहरूको आधारमा जनताको भावना अनुसार संशोधन सहित पास हुनु पर्दछ ।’ काँग्रेस नेतृत्वको सत्ता गठबन्धनप्रति आक्रामक रूपमा प्रस्तुत भएका ओलीले पार्टीले सशक्त प्रतिपक्षको भूमिका खेल्ने पनि बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा