शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सामाजिक सञ्जालमा गणतन्त्रका सूत्रधार प्रचण्ड भन्दा इतिहास बनेका पूर्व राजा किन रुचाइन्छन् ?


  • सोमबार, साउन २५ २०७८
14.7K
SHARES

सामाजिक सञ्जाल प्रयोग कर्ता आम सर्वसाधारणको कमेन्ट नियाल्दा गणतन्त्रका सूत्रधार जनयुद्धको नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड  भन्दा ढली सकेको राजतन्त्र र बिदा भइसकेका पूर्व राजा ज्ञानेन्द्रको पक्षमा सकारात्मक कमेन्ट र लाईकहरु आउने गरेको पाइन्छ ।

सामाजिक सञ्जाल प्रयोग कर्ताहरूको समग्र विश्लेषण हेर्दा प्रचण्ड भन्दा पूर्व राजा ज्ञानेन्द्र पपुलर देखिन्छन यद्यपि ज्ञानेन्द्र इतिहासमा छन् तर प्रचण्ड अहिले पनि शक्तिमै छन् ।

गणतान्त्रिक मुलुक निर्माण गर्ने मध्यका एक प्रचण्ड अहिलेको राज्य व्यवस्थामा नायक हुनुपर्ने हो । प्रचण्डको पक्षमा जनलहर हुनु पर्ने हो तर अवस्था हेर्दा ठिक उल्टो देखिएको धेरैको बुझाई छ ।

गणतन्त्रका सूत्रधारको पक्षको जनलहर घट्दै जाँदा यो राज्य व्यवस्थामै प्रश्न उठेको भन्ने विश्लेषक हरू पनि  भेटिन थालेका छन् ।

गणतन्त्रात्मक मुलुकमा गणतन्त्र ल्याउन भूमिका खेलेका नेताहरू अनपपुलर हुँदै जाँदा कतै गणतन्त्र माथि नै प्रहार हुन लागेको हो कि भन्ने सर्वसाधारण पनि छन् । तर अहिले जनताको भावना अनुसार काम नगरेका कारण नेताहरू अनपपुलर भएका भन्ने हरू पनि भेटिन्छन् ।

गणतान्त्रिक मुलुकमा गणतन्त्रका सूत्रधार नेता नै अलोकप्रिय बन्दै जानु राम्रो सङ्केत नभएको एक राजनीतिक जानकार बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा