शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कायममुकायम प्रधानसेनापती प्रभुराम शर्माले सम्हाले कार्यभार


  • सोमबार, साउन २५ २०७८
8K
SHARES

फाइल तस्विर

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापा बिदामा बसेसँगै शर्माले आजदेखि कामु प्रधानसेनापतिको कार्यभार सम्हालेका हुन् ।

प्रधानसेनापती थापाको तीन वर्षको पदावधि भदौ २४ मा सकिँदैछ । उनले अनिवार्य अवकाश पाएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषदको साउन १२ को सिफारिसअनुसार शर्मालाई साउन १७ गते कामु प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । शर्माले आगामी भदौ २४ गते नेपालको ४४औँ प्रधानसेनापतिको फुलि लगाउने छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा