नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताए ।
एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।
स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश भएर त्यसलाई एक रुपमा दिइएको बताइएको छ । सोही प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरेर छलफल खुला गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ । आजै तुलसीलाल स्मृति प्रतिष्ठानमा एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।