शनिबार, साउन ९ २०८३
ताजा अपडेट

देउवा प्रति रामचन्द्रको आक्रोश, सर्वत्र असफल व्यक्ति सत्ता सम्हाल्न पुगे


  • सोमबार, साउन २५ २०७८
9.2K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको टिप्पणी गरेका हुन् । ‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्,’ पौडेलले भनेका छन् ।

पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको टिप्पणीसमेत गरेका छन् ।

नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको उनको आरोप छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा