शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बामदेवको प्रताव पछि माधव नेपालले चाले कदम, प्रचण्डलाई झट्का


  • आइतबार, साउन २४ २०७८
10.2K
SHARES

फाईल तस्बिर

राजविराज – नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल समूहले देशभर समानान्तर अभ्यास गरिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन गरेको भन्दै गएको पुष ५ गतेदेखि माधव नेपाल समूहले पार्टीभित्र समानान्तर अभ्यास गरिरहेको छ ।

पार्टीमा बरिष्ठ नेताको पद राख्दा गुटबन्दी बढेको भन्दै एमाले उपाध्यक्ष बामदेव गौतमले उक्त पद खारेज गर्न माग राखेका छन् । विद्यान मस्यौदा समितिले राखेको छलफल कार्यक्रममा बोल्दै गौतमले बरिष्ठ नेताको पद खारेज गरेर पार्टीलाई एकतावद्ध गर्नपर्ने बताएका हुन् ।

उनले त्यसो भने पनि माधव समूहले आफ्नो समानान्तर गतिविधि रोकेको छैन् । सो समूहको सप्तरी जिल्ला समितिले पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काई पार्टीमा आवद्ध गर्न सबैलाई दवाव दिएको छ । उक्त बैठकले सम्मानजनक जिम्मेवारीका लागि जोड दिएको छ ।

शनिबारदेखी बसेको पार्टीको जिल्ला कार्य समितिको बिस्तारिक बैठकले एकताबद्ध र सशक्त संगठन निर्माण तथा सम्मानजनक सहभागिताका लागि जोड दिने भएको छ । दुई दिने बैठक समाप्तिपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरीले पार्टी भित्र देखिएका समस्या समाधानका लागि कसैलाई काखा र पाखा गर्न नमिल्ने बताए ।

उनले सबैको सम्मानजनक सहभागिताले पार्टीको हितमा गर्ने उनको भनाई छ । यो बैठक माधव समूहले गोप्य रुपमा संचालन गरेको थियो । पार्टी जिल्ला कमिटि अध्यक्ष गोबिन्द न्यौपानेले सोही अवसरमा प्रेस विज्ञप्ति जारि गर्दै आफूहरु विधिवत रुपमा पार्टीको जिम्मेवारीमा निर्वाचित भएपनि अर्को पक्षले अध्यक्षको नाम राखेर गतिविधी गर्दै आएको प्रति आपत्ति प्रकट गरे ।

कार्यक्रममा प्रकाश खतिवडा, अम्बिका दहाल लगायतले पनि वर्तमान परिस्थितमा पार्टीले खेल्नु पर्ने भूमिका बारे आ–आफ्नो धारणा राखेका थिए । बैकठले किसानहरुका लागि सहजरुपमा मलखादको व्यवस्था मिलाउन माग गरेको छ ।

यस्तै बाढी, पहिरो पीडित जनतालाई राहत क्षतिपूर्ती तथा पुर्नवासका लागि व्यवस्था गर्न बैठकले माग गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । यसरी पार्टी एकताका लागि माधव समूह भित्रभित्रै लागेपछि प्रचण्डलाई झट्का लागेको छ ।

एमाले सहितका नेताहरुलाई लिएर बाम एकता गर्ने सोच बनाएका प्रचण्डलाई झट्का लागेको हो । एमाले फुटाएर माधव समूहलाई समेत समेट्दै बृहत कम्युनिस्ट केन्द्र बनाउने प्रचण्डको योजना छ । एमाले मिलेपछि माधव नेपालले आफूमाथि षड्यन्त्रकारी कदम चालेको प्रचण्डको विश्लेषण छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा