शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रचण्डले दिए महरालाई नयाँ जिम्मेवारी, एमालेमा खैलाबैला


  • आइतबार, साउन २४ २०७८
14.5K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महरालाई नयाँ जिम्मेवारी दिएका छन् । स्थायी कमिटी सदस्यसमेत रहेका महरालाई प्रचण्डले नयाँ जिम्मेवारीसहित फिल्डमा पठाएका छन् ।

उनलाई नेकपा एमाले रोजेका माओवादी केन्द्रका पूर्व नेताहरुलाई माओवादीमै फर्काउन प्रचण्डले महत्वपूर्ण जिम्मेवारी दिएका हुन् । माओवादीका प्रभावशाली नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलगायत नेताहरु एमालेमै बसेका थिए ।

त्यसमध्ये रामबहादुर थापाले एमालेबाटै वागमती प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएका थिए ।आफ्ना विश्वासपात्र मानिएका नेताहरुले नै साथ छोडेपछि प्रचण्ड उनीहरुलाई माओवादीमा फर्काउने कसरतमा लागेका हुन् ।

माओवादीबाट प्रभावशाली नेताहरुले नै पार्टी परित्याग गर्ने क्रम सुरु भएपछि नेताहरुलाई पुनः पार्टीमा फर्काउने रणनीतिमा दाहाल लागेका छन् । स्रोतका अनुसार महराले माओवादीका पूर्व नेताहरुसँग एक चरण छलफल गरिसकेका छन् ।

महराले नेताहरुलाई सम्पर्क गरेर पार्टीमा फर्काउने कोशिस गरेको बताइएपनि एमालेमा बसेका नेताहरु भने माओवादीमा नर्फकिने बताउँछन् । नेपाल कम्युनिष्ट पार्टी खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमालेतिर लाग्दा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको छ ।

त्यसपछि उनीहरुले माओवादी केन्द्रको दल दर्ता खारेजीको माग राख्दै निर्वाचन आयोग गएका थिए । आयोगले माओवादी वैधानिक रहेकाले खारेज गर्नु नपर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाले भने विगतका सबै गल्ति भुलेर उनीहरुलाई पार्टीमा स्वागत गर्न तयार रहेको सन्देश महरामार्फत दिएका छन् । निर्वाचन नजिकिँदै गर्दा प्रचण्डले पूर्व माओवादीलाई एकतावद्ध बनाउन पहल सुरु गरेको स्रोतले बतायो ।

यो विषयले एमालेमा भने तरङ्ग ल्याएको छ । विश्वास गरेर एमाले अध्यक्ष ओलीले पूर्वा माओवादी नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनीहरु फर्किएपछि एमाले बर्वाद हुने भन्दै नेताहरुमा निरासा छाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा