शनिबार, साउन ३० २०८३
ताजा अपडेट

वामदेवको प्रस्तावले एमालेमा तरङ्ग, माधव नेपालको रुवावासी


  • आइतबार, साउन २४ २०७८
11.8K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नयाँ प्रस्ताव गरेका छन् । उनको प्रस्तावले सिङ्गो एमाले पंतिमा तरङ्ग आएको छ ।

पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाउन प्रस्ताव गरेपछि एमालेमा तरङ्ग आएको हो । अध्यक्ष केपी शर्मा ओलीले अनौपचारिकरूपमा आयोजना गरेको विधानमाथिको छलफलका क्रममा गौतमले विधानमा अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीमात्र रहनु ठीक हुने बताएका हुन् ।

गौतमले वरिष्ठ नेता पद राख्दा गुटबन्दीको नेतृत्व त्यहिँबाट हुने र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई काम गर्न गाह्रो हुने भन्दै विधान महाधिवेशनबाट वरिष्ठ नेता भन्ने पद नराख्न सुझाव दिएको छलफलमा सहभागी एक नेताले बताए ।

हाल एमालेका अध्यक्षपछि दोस्रो वरियतामा निवर्तमान अध्यक्ष वरिष्ठ नेताकारूपमा पदाधिकारीको हैसियतमा रहने व्यवस्था छ । एमालेको विधानअनुसार हाल वरिष्ठ नेता झलनाथ खनाल हुन् । तर, माधव नेपाललाई पनि वरिष्ठ नेताकै हैसियत दिइएकोमा समेत वामदेवको असहमति छ ।

एमालेको २०७५ जेठ २ को अन्तिम बैठकसम्म नेपाललाई पार्टी नेताको रुपमा माइन्युटमा हस्ताक्षर गराइएको छ । तर, नेकपामा भने नेपाल पनि वरिष्ठ नेता थिए ।

पार्टीमा वरिष्ठ नेता पद नराख्नेबारे गौतमसहित अरु कतिपय नेताले समेत सुझाव दिएका छन् । यो सुझावले माधव नेपाल समूहका नेताहरु आक्रामक देखिएका छन् । पार्टीलाई एकढिक्का बनाउनुको सट्टा फुटलाई प्रोत्साहन गर्ने खालका अभिव्यक्ति दिएको भन्दै नेपाल समूहका नेताहरु आपक्ती जनाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा