राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्न सक्ने गरी सीसीक्यामेरा राख्न माग गरेका छन् ।
आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै डा. देवकोटाले संघीयदेखि स्थानीय तहसम्मका हरेक सरकारी निकायबाट हुने कामकारबाही र गतिविधि जनताले थाहा पाउने गरी सीसीक्यामेरा राख्न सरकारलाई सुझाव दिएका हुन् ।
शासनसत्ता फेरिए पनि जनताले अपेक्षा गरे अनुसार सेवा प्रवाह फेरिन नसकेको बताउँदै उनले भनेका छन्, ‘यत्रो शासन व्यवस्था परिवर्तन भयो । तर, जनताले अपेक्षा गरेअनुसारको सेवा पाएनन् भन्ने ठूलो गुनासो छ,’ उनले भने ।
सेवा प्रवाहमा सुधारका लागि राज्यका हरेक अंग निरन्तर क्रियाशील र रचनात्मक हुनुपर्ने उनले बताएका छन् । पारदर्शी र जवाफदेहिता पनि त्यत्तिकै आवश्यक रहेको उनको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।