काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलको दौडधुप जारी छ । एमालेलाई एकताबद्ध बनाउन नेता रावल कहिले माधव नेपाललाई भेट्ने त कहिले केपी ओलीलाई भेट्ने गरिरहेका छन् ।
उनको डौडधुप यतिमै सिमित भएको छैन् । गोप्य रुपमा उनले एमाले पूर्व नेतृसमेत रहेकी राष्ट्रपति विद्यादेवि भण्डारीलाई समेत भेटेका छन् । भेटमा एमालेलाई एकताबद्ध बनाउने विषयमा कुराकानी भएको शीतलनिवास श्रोतको भनाई छ ।
पार्टीका प्रभावशाली नेता रावलले माधव नेपाल समूह छाडेको चर्चा चलिरहेका बेलामा उनी ओली पक्षबाटै राष्ट्रपति बनेकी भण्डारीलाई भेटेका हुन् । केपी ओली र विद्यादेवि भण्डारी भेट्दा अनर्थ लाग्ने भएकाले ओलीले आफ्नो दूतका रुपमा भीम रावललाई पठाएको एमाले बृत्तमा चर्चा छ ।
राष्ट्रपति भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रावलबीच झण्डैँ २ घण्टा भेटवार्ता भएको बुझिएको छ । भेटमा बरिष्ठ नेता नेपालको समूहले पार्टी एकताका लागि हदैसम्मको प्रयास गर्ने निर्णय गरेपछि ओलीले कतिसम्म सहमति गर्दा हुन्छ भनेर सोध्नका लागि रावललाई पठाएका हुन् ।
शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो। शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेट सम्म उनीहरुबीच छलफल भएको शीतल निवास श्रोतले स्रोतले जानकारी दियो।
रावल पछिल्लो समय एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएको चर्चा राजनीतिक वृत्तमा रहेका बेला राष्ट्रपति भण्डारीसँग उनको भेटवार्ता भएको हो। भेटमा भण्डारीले के जवाफ दिइन् खुलेको छैन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।