काठमाडौं । कोरोना महामारीको कारण लगातार अनलाइन कक्षामा बस्दा बिश्वका बालबालिकाहरुको आँखा कमजोर हुँदै गएको एक अध्ययनले देखाएको छ ।
बेलायतबाट प्रकाशित हुने एक जर्नलले हालै प्रकाशन गरेको शोधका अनुसार अनलाइन कक्षाको लागि बालबालिका विद्युतीय उपकरणहरुमा घण्टौं बस्नुपर्ने भएकाले उनीहरुको आँखामा असर पर्नुका साथै उनीहरुको दृष्टीशक्ति पनि कमजोर हुँदै गएको छ ।
हङकङमा ६ बर्षदेखि १२ बर्ष उमेर समुहका बालबालिकामा गरिएको अध्ययनमा १९ प्रतिशत बालबालिकाको हेर्ने शक्तिमा ह्रास आएको देखिएको हो ।
साथै बैज्ञानिकहरुले आगामी तीन दशकमा यो संख्या सात गुणाले बढ्ने अनुमान गरेका छन् । कोरोनाका कारण दिनभर घर बस्न बाध्य बालबालिका पछिल्लो समय टीभी र स्मार्ट फोनमा ब्यस्त हुन थालेकाले नजिकको भन्दा टाढाको देख्ने शक्ति कमजोर भएको प्रतिबेदनमा उल्लेख छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।