शनिबार, साउन ९ २०८३
ताजा अपडेट

द भ्वाइस अफ नेपाल सिजन–३ जितेको२४ घण्टा नबित्दै किरण गजमेरले गरे यस्तो घोषणा, चौतर्फी वाहीवाही !


  • आइतबार, साउन २४ २०७८
13.1K
SHARES

द भ्वाइस अफ नेपाल सिजन ३

काठमाण्डौ । द भ्वाइस अफ नेपाल सिजन–३ जितेको एकदिन पनि नबित्दै किरण गजमेरले गरेको घोषणाले चौतर्फी वाहीवाही हुन थालेको छ । द भ्वाइस अफ नेपाल सिजन–३ु को उपाधि विजेता किरण गजमेरले शरणार्थी नागरिकका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका छन् । उपाधिको छिनोफानो भएसँगै हिजो भएको कार्यक्रममा उनले आफूले जितेको रकमबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् ।

विगतमा आफूले शरणार्थी जीवन बिताउँदा पाएको दुःख कष्ट सम्झँदै उनले उपचार नपाउँदा हजुरआमालाई गुमाएको भन्दै एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । उनले भने – ‘हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिए, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु ।’उनले बिरामी भएका बेला एम्बुलेन्सलाई घण्टौँ कुर्नु पर्ने बाध्यता रहेकाले धेरैले उपचार नपाउने गरेको पनि बताएका छन् । विगतमा उपचार नपाएकै कारण आफूले हजुरआमालाई गुमाएको सम्झँदै उनले भनेका छन् ‘ट्रफी त लैजान्छु नै । जितेको २५ लाखमध्ये एक हजार रुपैयाँ आमालाई दिन्छु । अनि अरु पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र पैसा बाँकी रहे कोरोना विरुद्धको खोप लगाउनबाट वञ्चित भएकाहरुलाई सहयोग गर्छु ।’

एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ुद भ्वाइस अफ नेपाल सिजन–३ुको उपाधिको छिनोफानो भएको हो । उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपालको उपाधि जितेका हुन्। किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद पनि दिएका छन् । अमेरिका बस्दै आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा