शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गरौं : बामदेव गौतम


  • आइतबार, साउन २४ २०७८
10.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेका उपाध्यक्ष  बामदेव गौतम भूमिसुधार लागु गरेर सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्ने बताएका छन् । भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने नेता गौतमको भनाइ छ ।

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने बताए ।

जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनि हुने, अर्काथरि मानिसहरु सुकुम्बासी हुँदैहुँदै जाने,’ उनले बताए ।

गौतमले भने, ‘व्यक्तिगत जमिनलाई सरकारले किन्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं ।’

जग्गामा व्यक्तिगत स्वामित्व कायम रहेसम्म भूमिहीन बन्ने प्रक्रिया जारी रहने उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा