पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सको आईफेल टावर भाडामा लिएको छ । अर्जेन्टिनी फुटबल स्टार तथा बार्सिलोनाका पूर्व कप्तान लियोनल मेस्सी भित्र्याउने तयारी गरेको पीएसजीले आईफेल टावर बुक गरेको हो ।
यस अघि सन् २०१७ मा कीर्तिमानी मूल्य तिरेर बाज्रिलियन फुटबलर नेयमारलाई भित्र्याउँदा पीएसजीले आईफेल टावर भाडामा लिएको थियो । त्यतिबेला नेयमारलाई सार्वजनिक गर्दा आईफेल टावर भाडामा लिँदा पीएसजीले ३ लाख युरो तिरेको थियो ।
यसपटक मेस्सीलाई सार्वजनिक गर्नकै लागि पीएसजीले आईफेल टावर बुक गरेको अनुमान गरिएको छ । इएसपिएनका पत्रकार डिएगो मानरोइगका अनुसार पीएसजीले अगष्ट १० का लागि टावर बुक गरेको छ ।
केही अन्तराष्ट्रिय सञ्चारमाध्यमले मेस्सीले पीएसजीसँग ३ वर्षको सम्झौता गर्ने उल्लेख गरेका छन् । वार्षिक ४० मिलियन पाउन्डमा मेस्सीले ३ वर्षको लागि सम्झौता गर्ने बताईएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।