शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अटोमा घुम्न जाँदा श्रीमतीको ज्यान गुम्यो, श्रीमानसहित ३ घाइते


  • आइतबार, साउन २४ २०७८
12.1K
SHARES

मृतक निशा मगर दनुवार

उदयपुर जिल्ला स्थित उदयपुरगढी गाउँपालिका वडा नम्वर ७ अधेरी झरना नजिकै शनिबार दिउँसो रुखले किच्दा एक महिलाको निधन भएको छ । सोही दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

मदन भण्डारी राजमार्ग अन्तर्गत अधेरी झरना नजिक रोकिरहेको अटो माथि रुख खस्दा कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा मगर दनुवारको घटनास्थलमै मृत्यु भएको हो ।

रुखले किच्दा निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार, कटारी नगरपालिका–५ का ४८ वर्षीय कुमार तामाङ र सोही स्थानकी २७ वर्षीया मिना दनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले केटिएम दैनिकलाई बताए ।

घाइतेमध्ये तामाङको अवस्था गम्भीर छ । उनी अटोचालक भएको बुझिएको छ। अन्यको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

एक्कासी रुख ढल्दा पार्किङ गरेर राखिएको प्र२–०१–००१ ह ०५६० नम्बरको अटो र स १० प ३२७२ नम्बरको मोटर साइकललाई र मृतक महिलालाई किचेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा