शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आफ्नो समूहका दोस्रो तहका नेतामा म दम देख्दिन : माधव नेपाल


  • आइतबार, साउन २४ २०७८
13.8K
SHARES

तस्विरः फाइल

एमाले दोलखका कार्यकर्तासँग भर्चुअल बैठकमा नेकपा (एमाले)का बरिष्ठ नेता माधव नेपालले आफ्नो समूहका दोस्रो तहका नेताहरुप्रति पनि असन्तुष्टि जनाएका छन् । दोस्रो तहका नेतामा दम नभएको नेता नेपालको भनाइ छ ।

केपी ओली सुध्रिएनन् भने, उनले कुनै पनि कुरालाई मानेनन् भने गर्ने के त ?,’ उनको प्रश्न छ, ‘ त्यहाँ गएर फस्ने ? त्यहाँ गएर रुने ? चिच्याउने ? कराउने ? टाउकोमा हात राखेर बस्ने ? त्यो मन्जुर छैन् । हामी सम्मानजनक एकताको कुरा गरिरहेका छौं ।’

उनले थपे, ‘ओलीले गालीका गोलाबारुद बर्साइरहेका छन्, हामी म्याँउ म्याँउ गरेर बसेका छौं।’

नेपाल पक्षका दोस्रो तहका नेताहरु पार्टी फुटाउन नहुने पक्षमा छन् । उनीहरुकै क्रियाशिलतामा १० बुँदे सहमति भएको थियो जसको नेता नेपालले अहिलेसम्म सार्वजनिक रुपमा स्वामित्व लिएका छैनन्।

एमालले बोलाएको केन्द्रीय कमिटी बैठक नरोके ओलीसँग एकता नहुने नेता नेपालको भनाइ छ। त्यस्तै सदस्यता नवीकरण,बितरण र अधिवेशन रोक्नुपर्ने उनको माग छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा