काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को विजेता किरण गजमेर बनेका छन् । हिमालय टेलिभिजनमा शनिबार भएको फाइनलमा टिम प्रमोदबाट गजमेर बिजेता भएका हुन् ।
गत साता भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । द भ्वाइस अफ नेपाल सिजन ३ अन्तर्गत टिम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनल पुगेका थिए ।

द भ्वाइस अफ नेपाल सिजन ३
एक सातासम्म दर्शकले गरेको भोटका आधारमा उपाधिको छिनोफानो भएको हो । फाइनलमा चारै जना प्रतिभा सहित टप १२ र सिजन २ का बिजेताले समेत आफ्ना प्रस्तुति राखेका थिए ।
द भ्वाइस अफ नेपाल सिजन ३ का विजेताले नगद २५ लाख पुरस्कार र वर्ल्ड टूरको प्याकेज पाएका छन् ।
सिजन १ मा सिडी विजय अधिकारी र सिजन २ मा राम लिम्बूले उपाधि जितेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।