सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

थप ३,२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु


  • शनिबार, साउन २३ २०७८
9.2K
SHARES

कोरोना भाइरस सांकेतिक फाइल तस्विर

पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १७२२ रहेको छ ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख १२ हजार ७४० जना पुगेको छ । तीमध्ये ६ लाख ६७ हजार २७० जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ ।

जसमध्ये ३२ हजार २७ जना होम आइसोलेसनमा र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२० संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १३८ संक्रमित भेटिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा