जापानले अनुदानमा दिने घोषणा गरेको एस्ट्राजेनेका पहिलो चरणमा ५ लाख १३ हजार डोज कोरोना खोप आइपुगेको छ।
शनिबार बिहान नेपाल आइपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि जापानी राजदूत किकुटा यूटाकाले हस्तान्तरण गरेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार पहिलो खेपमा आज ३ लाखभन्दा बढी डोज खोप आएको छ। बाँकी करिब ५ लाख डोज भोलि आइपुग्ने छ।
जापान सरकारले सहयोगको १६ लाख डोज एस्ट्राजेनेका खोप नेपालालई उपलब्ध गराउने घोषणा गरेको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।