शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एसईईको रिजल्ट आउने मिति नै किटान !


  • शुक्रबार, साउन २२ २०७८
18.4K
SHARES

तस्विरः फाइल

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले आन्तरिक मूल्याङ्कनको नतिजा आउँदो हप्ता सार्वजनिक गर्न लागेको हो ।

जिल्लाबाट प्राप्त भएका मूल्यांकन विवरण ‘इन्ट्री’को काम सकिएको छ । विद्यार्थीले प्राप्त गरेका अङ्कको आधारमा ग्रेडहरू मिलाउनेलगायत प्राविधिक काम बाँकी रहेको र आउँदो शुक्रबारसम्म नतिजा निकालिसक्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।

निषेधाज्ञाका कारण गत २७ वैशाखमा एसइई परीक्षा स्थगित भएको थियो । गत १३ जेठदेखि भौतिकरूपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि १७ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा