नेकपा एमालेका नेता महेश बस्नेतले विगतको सरकारले गरेका काम वर्तमान सरकारले उल्ट्यायो भने जनताको आन्दोलन फेरि उठ्छ । त्यो आन्दोलनलाई राष्ट्रिय युवा संघले सशक्त नेतृत्व गर्छ भन्ने अभिब्यक्ति दिएका छन ।
एक फरक प्रसंगमा नेता बस्नेतले नेकपा एमालेलाई जेठ २ को अवस्थामा फर्काउने कुरा जन्मेको बच्चा पुन पेटभित्र राख्नुजस्तै भएको टिप्पणी गरे । शुक्रबार एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले माधव नेपाल पक्षले भनेजस्तो एमाले अब जेठ २ को अवस्थामा फर्कने कुनै सम्भावना नभएको बताए ।
एमाले अब जेठ २ गतेको अवस्थामा पुग्न सम्भव छैन । यो त जन्मेको बच्चा पेटभित्र पठाउ भनेजस्तो हो’ बस्नेतको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।