जर्मनीका पूर्व लिजेण्डरी फुटबलर तथा कप्तान माइकल बलाकका छोरा इमिलियो बलाकको क्वाड मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । उनकाे बिहिबार पोर्चुगलमा क्वाड मोटरसाइकलमा परी १८ वर्षको उमेरमै मृत्यु भएको हो ।
पोर्चुगिज संचारमाध्यमका अनुसार बिहिबार बिहानको समयमा ट्रोइया भन्ने स्थानमा इमिलियोको क्वाड मोटरसाइकल दुर्घटनामा परेको थियो । ट्रोइयामा बलाकले केही वर्षअघि घर किनेका थिए ।
घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार इमिलियोको क्वाड मोटरसाइकल लडेपछि मोटरसाइकलले चेपिएर उनको मृत्यु भएको थियो ।
घटना सार्वजनिक हुन साथ बलाकलाई छोराको संवेदनाका निम्ति सोसल साइटमा सन्देशहरुको ओइरो लागेको छ ।
यस्तै बलाकले ब्यवसायिक फुटबल खेलेको इङ्गलिश क्लब चेल्सीले पनि इमिलियोको निधन प्रति शोक प्रकट गरेको छ ।
जर्मनीका पूर्व फुटबलर बलाकले वायर्न म्युनिख,बायर लेभरकुसेन र चेल्सीबाट ब्यवसायिक फुटबल खेलेका छन् ।
बलाक जर्मनी टोलिका लागि सबैभन्दा बढी गोल गर्ने फुटबलरमध्येको सूचीमा रहेका छन् । उनले जर्मनीका लागि खेलेको ९८ खेलमा ४२ गोल गरेका छन् ।
बलाकले जर्मनीको लागि सन् २००२ र २००६ को विश्वकप खेलेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।