शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राजा प्रति नेपालीको चासो : के नेपालमा राजा फर्कन सक्ने राजनीतिक आधार छ ?


  • शुक्रबार, साउन २२ २०७८
16.3K
SHARES

तस्विरः फाइल

राज र हिन्दु राष्ट्रको माग गर्दै काठमान्डु सहर अनि  देशका विभिन्न भागहरूमा फाट्ट-फुट्ट प्रदर्शन भइरहेका छन् ।

नेपालमा फेरि एक पटक राजसंस्था पुनर्स्थापना बारे चर्चा परिचर्चा सामाजिक सञ्जाल हरूमा देख्न पाइन्छ । देश गणतन्त्रमा गई सकेको अवस्थामा पनि वर्तमान नेताहरूको कार्यशैलीले जनतामा एक किसिमको वितृष्णाको भावना भएर पनि राजा नै ठिक हुन भन्ने विकल्प जनतामा भएको हुन सक्छ ।

राजालाई मन पराउनेहरू नेपालमा कुनै न कुनै किसिमबाट राजसंस्था फर्कन सक्ने दाबी गरिरहेका छन् भने वर्तमान सङ्घीय गणतन्त्रात्मक प्रणालीमा विश्वास राख्नेहरू कुनै पनि हालतमा राजसंस्था नफर्कने र राजसंस्थाको बाटो बन्द भइसकेको बताउँछन् ।

नेताहरूको खिचातानीका कारण वर्तमान व्यवस्थामा जनताको मन नअडिएको कारण राजाको जनमत बड्दै राजसंस्था चाहनेको मत धेरै भए पनि राजनीतिक परिवर्तनका माध्यमबाट  राजा पुनर्स्थापित हुनसक्ने आधार अब अहिलेको व्यवस्थामा बाकि नरहेको जानकारहरु बताउछन् ।

२०६२ ६३ को आन्दोलनपछि राजसंस्था चाहने जनमतलाई कुनै ठाउँ नदिई पेलेरै हिन्दु राज्य र राजालाई हटाउने वर्तमान नेताहरूकै कारण राजाको जनमतको आधार सामाजिक सञ्जाल तथा सडकमै पनि बढ्दै गएको जानकारहरू बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा