शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पद धरापमा, पदमुक्त गर्न माग गर्दै गोविन्द केसी द्वारा सत्याग्रह घोषणा


  • शुक्रबार, साउन २२ २०७८
11.7K
SHARES

फाईल तस्बिर

डा. गोविन्द केसीले सरकार समक्ष विभिन्न पाँच बुँदे मागहरु अघि सारेका छन् । माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने उनको घोषणा छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनको पहिलो माग छ । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य मन्त्री नियुक्त गरिएको भन्दै उनले तत्काल पदमुक्त गर्नुपर्ने बताएका छन् ।

डा. केसीको मागपत्रमा भनिएको छ, ‘हप्तौंसम्म स्वास्थ्यमन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्‍याउने प्रयास गरेको छ । महामारीको यस्तो जटिल मोडमा कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प छैन ।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने केसीको अर्को माग छ । प्रतिष्ठानमा डेढ महिनाभन्दा बढी चलेको आन्दोलनका मागहरू पूरा गर्नेबारे हालै भएको सम्झौता अक्षरस: कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा