नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा सुरेन्द्र पाण्डे सहभागी भएका छन् ।
पहिलो दिनको बैठकमा सहभागी नभएका उनी दोस्रो दिनको बैठकमा भने सहभागी भएका हुन् ।पीएसओलाई कोरोना देखिएको र आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बिहीबारको बैठकमा सहभागी हुन नपाएको पाण्डेले जानकारी गराएका थिए ।
कतिपयले देउवाले विश्वासको मत लिँदा उनीलगायतका केही सांसदले बहिस्कार गरेकाले नेपाल कित्ता छाडेको रुपमा समेत हेरेका थिए । आजको बैठकमा उनको सहभागितासँगै नेपाल पक्षलाई राहत मिलेको छ । यसैबीच आजको बैठकमा पनि नेता योगेश भट्टराई भने सहभागी छैनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।