भुटानबाट कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको तीन लाख मात्रा एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ ।
भुटान सरकारले नेपाललाई सहयोग स्वरूप एस्ट्रजेनेकाको खोप उपलब्ध गराएको हो । भुटानको थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान विहान ९ः४० बजे काठमाडौँ आइपुगेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
भुटानबाट नेपालले प्राप्त गरेको एस्ट्राजेनेका खोप अब कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका नागरिकको प्राथमिकतामा पार्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका १३ लाख ३८ हजार बढी नागरिक छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।